
पूर्णपुष्टि, फागुन २८
काठमाण्डौँबाट साढे २ किलो युरेनियमसहित चार जना पक्राउ परेका छन् ।
रामेछापको लिखु तामाकोशी गाउँपालिका–५ बस्ने ४० वर्षीय नारायण सिंह तामाङ, सोही ठाउँ घर भई हाल काठमाडौंको बौद्ध बस्ने ४० वर्षीया जानुका तामाङ, रामेछापको बागजोर नगरपालिका–४ का २० वर्षीय प्रकाश चौहान र सिन्धुलीको सुनकोशी–४ बस्ने २० वर्षीय मनोज न्यौपाने पक्राउ परेका हुन् ।
बौद्ध क्षेत्रबाट युरेनियमसहित पक्राउ परेकाहरुलाई महानगरीय प्रहरी कार्यालय रानीपोखरीले शुक्रबार पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको थियो ।
नेपालमा युरेनियम बरामद भएको पहिलो घटना भएको प्रहरीले जनाएको छ । बरामद भएको वस्तु प्रशोधन नगरिएको युरेनिययम भएको परीक्षणबाट पुष्टि भएको प्रहरीले जनाएको छ ।
उनीहरुलाई विस्फोटक पदार्थसम्बन्धी ऐनअनुसार कारबाही हुने प्रहरीले जनाएको छ ।
