
पूर्णपुष्टि, असार २१
हाल चलिरहेको युरोकपमा ठुलो रकममा हारजितको बाजी राख्दै आएको व्यक्तिहरुलाई माहानगरीय अपराध माहाशाखाले पक्राउ गरेको छ । “ युरोकप – २०२० लगायतका खेलहरुमा सट्टाबाजी गर्ने ८ ब्यक्तिहरुलाई सोमवार ठुेला परिमाणको नगद सहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा काठमाण्डौ महानगरपालिका ४ सुकेधारा बस्ने बर्ष ५७ को राजेन्द्र श्रेष्ठ प्रधान, काठमाण्डौँ माहनगर १९ ढोकाटोलका बर्ष ४७ को जिवन लामा, बिरगंज महानगरपालिका ७ घर घई हाल काठमाण्डौँ कुलेश्वरका बस्ने बर्ष ४६ को सुरज टिवडेवाल, भारत बिहार पुर्बिचम्पारण जिल्ला रक्सौल घर भई हाल कुलेश्वर बस्ने बर्ष ४६ अशोक कुमार गुप्ता, चितवन खैरहनी नगरपालिका वडा नं.५ टरौली घर भई हाल काठमाण्डौँ धापासी बस्ने बर्ष ४५ को गोबिन्द प्रसाद आचार्य, .भारत हरियाना विवरनी जिल्ला घर भई हाल काठमाण्डौँ इन्द्रचोक बस्ने बर्ष ४९ को राजेश कुमार अग्रवाल, भारत राजस्थान झुनझुन जिल्ला सुरजगढ घर भई हाल काठामाण्डौँ क्षेत्रपाटी बस्ने वर्ष ३३ को सुचित डालमिया अग्रवाल, र जिल्ला मोरङ बिराटनगर नगरपालिका वडा नं. ७ घर भई काठमाण्डौँ मरुटोल बस्ने बर्ष ४६ को अमरनाथ गुप्ता रहेको छ ।
उनिहरुलाई हाल युरोप र अमेरिकामा संचालन भईरहेको युरोकप–२०२० र कोपा अमेरिका कप फुटबल खेलमा अनलाइन मार्फत् बाजी राख्दा जितिन्छ भन्ने विश्वास दिलाई हारजित हुने र आफूले लाभ लिने उदेश्य सहित खेल खेलाई रहेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
ठूलो रकमको बाजी राख्न लगाई काठमाण्डौका विभिन्न स्थानमा सट्टाबाजी गराई खेल खेलाउने गरेको भन्ने गोप्य सुचनाको आधारमा महानगरीय अपराध महाशाखाको बिशेष टोलीले काठमाडौंको इन्द्र चोक, मरुटोल, न्यूरोड, क्षेत्रपाटी, गौरीघाट लगायतका बिभिन्न स्थान बाट इलष्लिभ द्यभततष्लन गरि नगदी कारोबार समेत गरिरहेको अवस्थामा ८ जना पक्राउ गरेको माहानगरीय अपराध माहाशाखाले जानकारी दिएको छ । उनिहरुको साथबाट नगद र सट्टेबाजीमा प्रयोग भएको मोबाइलहरु बरामद भएको छ । साथै बिभिन्न स्थानबाट सट्टेबाजीमा प्रयोग भएको पैसा क्ष्ःभ् बाट पठाइने र लिने गरि कारोबार गर्ने गरेको भन्ने प्रारम्भिक अनुसन्धानबाट बुझिएको ।
पक्राउ परेका निज व्यक्तिहरुलाई मुलुकी अपराध संहिता २०७४ को दफा १२५ को उप दफा ४ बमोजिम कसुरमा सजाय हुने गरि आवश्यक कार्वाहीको लागी महानगरीय प्रहरी परीसर काठमाण्डौ पठाईएको ।
