Monday, June 22News That Matters

युरोप पठाइदिन्छु भन्दै १९ लाख ठगी गर्ने १ जना पक्राउ

बैशाख ९ 

युरोप पठाइदिन्छु भन्दै लाखौँ रुपैयाँ ठगी गर्ने एक जनालाई पक्राउ परेको छ ।

युरोप पठाइदिन्छु भन्दै १९ लाख बढी रकम ठगी गरेको अभियोगमा चितवन राप्ती नगरपालिका–३ घर भइ काठमाण्डौ महानगरपालिका–१६ नयाँ बजार बस्ने ३६ वर्षीय भरतप्रसाद राईलाई प्रहरीले पक्राउ गरेको हो ।

राई ग्राण्डी ग्लोबल होलिडेज प्रालिका सञ्चालक हुन् । युरोपका पोर्चुगल, लाटभिया लगायतका देशमा भिजिट भिसामा पठाइदिने भन्दै उनले धेरैलाई ठगी गरेको प्रहरीले जनाएको छ । भिजिटमा जानको लागि १० लाख रुपैयाँ लाग्छ भन्दै प्रलोभनमा पारी ६ जना व्यक्तिहरुसँग १९ लाख ४७ हजार रुपैयाँ लिएर पछि सम्पर्क विहीन भएको प्रहरीले जनाएको छ ।

महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीको टोलीले राईलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । राईलाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाण्डौ पठाइएको अपराध महाशाखाले जनाएको छ ।