
पूर्णपुष्टि, जेष्ठ १६
नेकपा एमाले उदयपुरका अध्यक्ष ईश्वरमणी राउतले सरकारले अर्थतन्त्रलाई नै धराप पार्ने गरी ऋण काडेर बजेट ल्याएको बताउनुभयो । राउतले मुलुकमा राजश्व बृद्धि हुन नसकिरहेको बेला ऋण भने ठुलो मात्रामा बृद्धि भईरहेको बताउनुभयो ।
उहाँले ३ बर्ष यता १० खर्ब मात्रै संकलित राजश्व बाहेकको अन्य बजेट ऋणको रुपमा आएको बताउनुभयो । देशको अर्थतन्त्रलाई नै धरापमा पारी चर्को ऋणमा बजेट ल्याउनु भनेको नेपाली जनताहरुको भविष्यमा सरकारले खेलबाँड गर्नु हो, राउतले भन्नुभयो ।
नेपाली जनताहरु ऋण देखि डराउँदा डराउँदै पनि सरकारले ठुलो मात्रमा अर्थतन्त्रमा भुकम्प आउने हिसावले ऋण बोक्न खोजेको र यसको भागेदार नेपाली जनताहरु नै रहेकोे राउतले बताउनुभयो ।
अध्यक्ष राउतले पछिल्लो समय यसै बजेटमा सरकारले बढाएको बृद्ध भत्ताले चुनावको सस्तो लोकप्रियतालाई ध्यानमा राखेकोे बताउनुभयो । यसले बाजे बजुलाई १ हजार थपेर चुनावी लोकप्रियता सरकारले कमाउदै गर्दा नातिनतिना र पछिल्लो पिडिलाई भने ठुलो ऋणको चापमा पार्ने सरकारको काम भएको उहाँले बतााउनुभयो ।
सरकारले ठुलो आयोजनाहरुलाई पनि बजेट बाट पन्छाएको र चुनावी प्रभाव, चुनावी क्षेत्र र समिति व्यक्तहरुको बिचमा मात्रै बजेट बिनियोजन गरेको बताउनुभयो ।
राउतले उदयपुरे जनताहरु बिचमा पनि आशालाग्दोे बजेट नआएको बताउनुभयो । सरकारले उदयपुर पनि नेपाल भित्रैको जिल्ला र भुगोल भन्ने कुरा बिर्सिएको उहाँले बताउनुभयो । उदयपुरमा केहि टावर र नदी नियन्त्रणका लागि बाहेक अन्य हिसावले बजेट नआएको राउतको भनाई छ ।
