
उदयपुर/भदौ ६ गते ।
उदयपुरको चौदण्डीमा एक जना मृत अवस्थामा फेला परेको छ । चौदण्डिगढी नगरपालिका–८ कात्तिके निबासी ६० वर्षीय किताबसिंह राई घर नजिकैको जंगलमा मृत फेला परेको हो ।
दिउँसो साढे १ बजे गाई, बाख्रा चराउन जंगल गएको राई राती अबेरसम्म घर नफर्केपछि आफन्तले खोजतलास गर्ने क्रममा राती १२ बजे जंगलमा मृत अवस्थामा फेला पारी प्रहरीलाई जानकारी गराएको प्रहरीले जनाएको छ ।
घटनाको जानकारी पाएपछि प्रहरी घटना स्थल पुगी थप घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
