Sunday, June 21News That Matters

राउटे समुदायका युवतीमाथि यौन दुर्व्यवहार, ३ युवा पक्राउ

पूर्णपुष्टि, जेष्ठ २३

राउटे समुदायका युवतीमाथि यौन दुर्व्यवहार भएको छ । यौन दुर्व्यवहारमा संलग्न सुर्खेतका तीन जना युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुर्भाकोट नगरपालिका–९ का ३५ वर्षका चमन घर्ती मगर, २४ वर्षका भुपेन्द्र बुढा मगर र होटल सञ्चालक २९ वर्षका मिलन पुन पक्राउ परेका जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

राउटे समुदायका दुई जना युवतीलाई होटलमा लगेर जाँडरक्सी खुवाइ यौन दुर्व्यवहार गरेको भिडियो बाहिरिएपछि उनीहरुलाई पक्राउ गरिएको कार्यालयका प्रवक्ता डीएसपी रामप्रसाद घर्तीले जानकारी दिनुभयो ।

अहिले राउटे समुदाय गुर्भाकोट नगरपालिकामा बस्दै आएका छन् । घटनाको अनुसन्धान गरिरहेको र राउटे बस्तीमा प्रहरीको टोली गएको डीएसपी घर्तीले जानकारी दिनुभयो ।