Wednesday, May 20News That Matters

राजस्थानमा पनि कोरोना संक्रमित

पूर्णपुष्टि, फागुन २० गते । 

भारतको उत्तरी प्रान्त राजस्थानमा पनि कोरोना भाइरसको संक्रमित फेला परेको छ । जयपुरमा एक जना इटलीका पर्यटकमा कोरोना भाइरस संक्रमणको देखिएको संचारमाध्यहरुले जनाएका छन् ।

गत फेब्रुअरी २९ मा गरिएको पहिलो नमुनामा संक्रमण देखा नपरेपनि दोस्रो पटक नमुना संकलन परिक्षणमा पुष्टि भएको जनाईएको छ ।

कोरोना संक्रमित इटलीका यात्रीलाई एसएमएम अस्पतालको निगरानी वार्डमा राखिएको छ । दुई पटकको जाँचमा फरक देखिएपछि फेरि एक पटक नमुना परीक्षण जाँच गर्न पठाइएको छ ।

त्यस्तै दिल्ली र तेलङ्गनामा गरी भारतमा अहिलेसम्म ६ जनामा कोरोना संक्रमण भेटिएको छ ।