Tuesday, July 7News That Matters

राप्रपा सरकारमा जाने

पूर्णपुष्टि, माघ ३ गते । राष्ट्रिय प्रजातन्त्र पार्टीलाई सरकारमा सहभागी गराउने निर्णय गरेको अध्यक्ष लिङ्देनले बताएका छन् । लिङ्देनका अनुसार यसमा समर्थक र शुभेच्छुकको असहमती रहँदा पनि सरकारमा जाने निर्णयमा पुगेको हो ।

लिङ्देनले भने अग्निपरीक्षामा होमिने निर्णयमा पुगेँ जो ढिलो या चाँडो मेरा लागि अनिवार्य थियो । यस निर्णय प्रती असनतुष्ट बनेका आफ्ना समर्थकहरुलाई धैर्यता राख्न लिङ्देनले अनुरोध गरेका छन् । असम्भव जस्तो लागे पनी खरो उत्रने बाचा गरेका छन् । लिङ्देनले सहयोगका लागि पनि अपिल गरेका छन् ।

राप्रपा तीन मन्त्री र एक राज्यमन्त्रीसहित सरकारमा जाने भएको छ । माओवादी अध्यक्ष पुष्प कमल दाहाल सरकार नेतृत्वको मन्त्रिपरिषद्मा उपप्रधानमन्त्री तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीका रूपमा लिङ्देनले शपथ लिँदैछन् । यस्तै धुव्रबहादुर प्रधान कानुन, न्याय तथा संसदीय मामिलामन्त्री र विक्रम पाण्डे सहरी विकासमन्त्री हुने भएका छन् ।