
उदयपुर, असोज ६ गते ।
उदयपुरको रामजानकी माविमा कानुन विषयको पठनपाठन सुरु भएको छ । त्रियुगा नगरपालिका–३ मोतिगडाको रामजानकी माध्यामिक विद्यालयले कक्षा ११ बाट कानुन विषयको पठनपाठन सुरु गरेको हो ।
कानुन विषयमा भर्ना भएका विद्यार्थीलाई सोमबार स्वागत कार्यक्रमका साथ स्वागत गरेएका छन् । यस विद्यालयले जिल्लामै पहिलो पटक कानुन विषयको पठनपाठन सुरु गरेको विद्यालयका प्रध्यानध्यापक देवनाथ चौधरीले बताए ।

समाजको आवश्यता र शिक्षामा गुणस्तरियतासँगै प्राविधिक शिक्षालाई जोड दिने उद्देश्यले कानुन विषयको पठनपाठन सुरु गरको प्रअ चौधरीले बताए । विद्यालयले कानुन र शिक्षा संकायको पठनपाठन सुरु गरेको छ । नगरबाट स्वीकृती लिएर दुई विषयको पठनपाठन सुरु गरको प्रअ चौधरीले बताए ।
विद्यालयको प्रस्तावलाई मेयरले महत्वका साथ स्वीकृती दिएर कानुन विषयलाई विशेष रुपमा लिएको र सहयोग गर्दै आएको प्रअ चौधरीले बताए । वडाको सयोगमा दुई कोठे पक्कि भवन निर्माण गर्ने र तत्काल पुस्तकालय निर्माण गरी प्रभावकारी पठनपाठन गर्ने प्रअ चौधरीले बताए । विदालय
अहिलेसम्म विद्यालयमा कानुन तर्फ ५२ जना विद्यार्थी भर्ना भईसकेको छ भने भर्ना हुन आउने विद्यार्थीको संख्या उल्लेख्य रहेको शिक्षक अष्टबहादुर राईले बताए । कानुन प्रति विद्यार्थीको मोह बढेकाले विद्यालयले लिएको लक्ष्य भन्दा बढी विद्यार्थी हुने शिक्षक राईले बताए ।
विद्यालयले न्युन शुल्कमा कानुन विषयको पठनपाठन सुरु गरको छ । आफ्नै भौतिक पूर्वधारमा पठनपाठन सुरु गरको हो । अहिले विद्यालयले कक्षा ६ देखि ऐच्छिक विषयको रुपमा कम्प्युटर शिक्षा प्रदान गर्दै आएको शिक्षक राईले बताए ।

विधिको शासन भएकाले कानुन सवैमा हुने तिज हो । कानुन नहुने हो भने केहि नरहने त्रियुगा नगपालिकाका मेयर बलदेव चौधरीले बताए । एउटा न्याधिश वकिल मात्रै नभई अन्र्तराष्ट्रिय तहको महान्याधिवक्ता समेत हुने बाटो खुलेको उनले बताए ।
कानुन विषयमा क्याम्पस नै बनाउनको लागि पनि नगर तयार रहेको छ । यस विषयलाई गणस्तीय बनाउनका निम्ति आवश्य सहयोग गर्न नगरले तयार रहेको मेयर चौधरीले बताए ।

अहिले जनु आवश्यता छ स्थानिय तहमा त्यो पुरा गर्ने र समाज र राष्ट्रलाई समेत टेवा पु¥याउने जनशक्ति उत्पादन हुनेछ । तर सैद्धान्तिक शिक्षा मात्रै नभई व्यावहारिक बनाउनु पर्ने जिल्ला न्याधिश दिपक खनाले बताए ।
यस विद्यालयमा पठनपाठन गर्ने कानुन विषयका विद्यार्थीहरुलाई जिल्ला अदालतमा भ्रमण गराई आवश्य सहयोग गर्ने जिल्ला न्याधिश दिपक खनाले बताए ।
