
पूर्णपुष्टि, पौष २७
राष्ट्रसेवक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड उदयपुरले आफ्नो २०औँ बार्षिक साधारण सभा सम्पत्र गरेको छ । निजामती कर्मचारीहरु आवद्घ रहेको उक्त संस्थाले आफ्नै सभाहलमा २० औँ बार्षिक साधारण सभा आयोजना गरेको हो ।
कार्यक्रममा संस्थाका अध्यक्ष केदार प्रसाद दाहालले ५ करोड ८६ लाख ६३ हजार ४ सय ३७ रुपैया ३३ पैसा बरावरको आय–व्यय विवरण सहितको बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
सभामा आमन्त्रित वक्ताहरुले हाल सम्म बचत तथा ऋणको मात्र कारोवार गर्दै आएकोमा भविष्यमा उद्योग, व्यावसाय, विद्यालय, घरजग्गा खरिद विक्री, कृषि र जडिवुटी लगायतका क्षेत्रमा पनि लगानी गर्न आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा एस.ई.ई। परीक्षामा उत्कृष्ट अङ्क ल्याउने शेयर सदस्यका सन्ततीलाई नगद सहित सम्मान गरिएको थियो ।
