Wednesday, June 10News That Matters

राष्ट्रिय परिक्षा बोर्डले उच्च क्षमताको मूल्यांकन गर्दै स्तरीकृत परिक्षा लिने

पूर्णपुष्टि,फागुन १२ । राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीको ज्ञान, बोध, सिकाइको प्रयोग र उच्च क्षमताको समेत मूल्यांकन गर्नेगरी स्तरीकृत परीक्षा लिने भएको छ । यस अघिका परीक्षामा विद्यार्थीको ज्ञान मात्रै मूल्यांकन हुँदै आएकोमा अब भने समग्र क्षमताको मूल्यांकन गरिने बोर्डले जनाएको छ ।

शिक्षा पत्रकार समूहले आयोजना गरेको सिकाइ र मूल्यांकन विषय शिक्षा बहसमा बोल्दै बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले बोर्डले तल्लो तहदेखि नै विद्यार्थीको मूल्यांकनमा सुधार गर्न लागिएको बताए । ‘अहिले सम्मका प्रश्नपत्रमा विद्यार्थीको ज्ञान मात्रै नापिरहेका थियौं । अब बोध, प्रयोग र उच्चक्षमताको समेत मूल्यांकन गछौं ।’ डा.शर्माले भने, ‘त्यसको काम स्तरीकृत परीक्षामार्फत् गर्छौं ।’ डा. शर्माका अनुसार बोर्डले पहिलो चरणमा ६ देखि ८ कक्षामा अनिवार्य विषयहरु अंग्रेजी, विज्ञान र गणितलाई स्तरीकृत परीक्षा मार्फत् मूल्यांकन गर्नेगरी तयारी शुरु गरेको छ । आगामी शैक्षिकसत्र देखि नै केही पालिकाहरुमा यो लागू गर्ने बोर्डको तयारी छ ।

बोर्डले सातै प्रदेशमा प्रशिक्षकहरु तयार पार्ने काम सकिएको बताएको छ । अहिले जिल्ला र पालिकास्तरमा प्रशिक्षणको काम भइरहेको छ । प्रशिक्षकहरुले पालिकास्तरमा पुगेर विषयगत शिक्षकहरुलाई प्रशिक्षित गरेपछि मात्रै स्तरीकृत परीक्षा लागू गरिने अध्यक्ष शर्माले जानकारी दिए । शिक्षकहरुलाई प्रश्नपत्र निर्माणको सीप र विकासको प्रशिक्षण दिएपछि विगतका प्रश्नपत्र निर्माणको शैलीमा सुधार आउने अध्यक्ष डा.शर्माले बताए ।

प्रश्नपत्र निर्माणमा सुधार आउन साथशिक्षकको शिक्षण सिकाइको विधि र शैलीमा समेत सुधार आइसिकाइ सुधारमा मद्धत पुग्ने बोर्डको अपेक्षा छ । शिक्षकहरुले नयाँ शैलीको प्रश्नपत्र बैंक तयार पार्ने र परीक्षामात्यही प्रश्नपत्रहरुबाट सोधिने बोर्डले जनाएको छ । ‘अर्थात् अब विद्यार्थीलाई नसिकेको, नजानेको, कहिल्यै नसुनेको प्रश्नपत्र सोधिने छैन । सजिलाप्रश्नपत्र सोधिने छन् । निश्चितगरिएकाप्रश्नपत्रहरुमात्रै सोधिने छन् ।’ स्तरीकृत परीक्षापछि गणित, विज्ञान र अंग्रेजीविषयगाह्रो भन्दै विद्यार्थी डराउने संस्कृतिको अन्त्यहुने र अझ धेरै सिक्नविद्यार्थीलाई उत्प्रेरित गर्ने बोर्डले अपेक्षालिएको डा.शर्माले बताए ।

‘शिक्षकहरुले विभिन्न आइटमहरु तयार पारी प्रश्नपत्रहरुकाबारे पहिल्यै छलफल गर्छन् ।’ अध्यक्ष डा। शर्माले भने, ‘पछि त्यहीप्रश्नपत्रकाआधारमाकक्षाकोठामा पढाउने काम हुन्छ ।’ विद्यार्थीलाई पहिल्यै पढेका र जानेकाले सबै प्रश्नपत्र सजिलालाग्ने उनको दाबी छ ।

विगतकामूल्यांकन प्रणालीमा केहीकमजोरी देखिएकाले नै बोर्ड अहिले सुधारमालागिरहेको उनको भनाइ छ । परीक्षामा सुधार गर्दा कक्षाकोठामा पनि सुधार हुन्छ भन्ने मान्यताका साथविद्यार्थीको मूल्यांकनविधिमा समयानुकुल परिवर्तन गर्न बोर्ड जुटिरहेको अध्यक्षशर्माले स्पष्ट पारे । बोर्डका अध्यक्षडा। शर्माले विद्यार्थीको मूल्याङ्कनदुई किसिमले हुने गरेको बताए । बोर्डले गर्ने मूल्याङ्कनबाह्यभएको र आन्तरिक मूल्याङ्कन सम्बन्धितपालिका, विद्यालय र शिक्षकले गर्ने उनको भनाइछ ।