Tuesday, July 14News That Matters

राष्ट्रिय सभा सदस्यमा खिमलाल देवकोटा विजयी

पूर्णपुष्टि, जेष्ठ ६

राष्ट्रिय सभाको सदस्यमा खिमलाल देवकोटा बिजयी भएको छ । देवकोटा ५०८८ मतका साथ बिजयी भएका हुन् ।

निवर्तमान गृहमन्त्री एवं नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई हराउँदै राष्ट्रियसभा सदस्यमा देवकोटा विजयी भएका हुन् । देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीको समर्थन थियो ।

देवकोटालाई नेकपा एमालेकै नेता माधवकुमार नेपाल समूहको पनि समर्थन थियो । संघीयताविज्ञ देवकोटा नेता नेपालनिकट मानिन्छन् । तर उनी अहिले स्वतन्त्र पक्षबाट उम्मेदवार थिए । हेटौँडामा भएको राष्ट्रिय सभा उपनिर्वाचन बाट देवकोटा बिजयी भएको हो ।