
भदौ १२ गते ।
राष्ट्रिय सभामा नेपाल मिडिया काउन्सिल विधेयक पेश भएको छ । प्रतिपक्षि दलको विरोधपछि फिर्ता लिएको विधेयक विहिबार सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले पेश गरेको हो ।
विधेयक एउटा प्रस्ताव मात्र भएकाले यसलाई समृद्ध बनाउन आउने सबै कुरालाई स्वागत गर्ने मन्त्री बास्कोटाले बताए । यसमा चाहिदो छलफल गर्न सकिने र विभिन्न प्रंक्रियाहरु पनि भएको बताए । मन्त्रि बास्कोटाले भने पत्रकार महासंघसँग र प्रतिपक्षी दलका नेतासँग कुरा भएको छ । यसलाई समृद्ध बनाउन आउने सबै कुरालाई हामी स्वागत गर्छौं ।
विधेयकको प्रस्तावनामा नै मिडिया कान्सिललाई स्वायत्त निकाय स्वीकार नगरेको, पदाधिकारी नियुक्ति लगायतका विषयमा पनि स्वायत्त व्यवहार नगरिएको भन्दै कांग्रेस सांसद राधेश्याम अधिकारीले विधेयक फिर्ता लिन माग गरेका थिए ।
सञ्चारमन्त्री बास्कोटाले यो विधेयक एउटा प्रस्तावमात्र भन्दै यसलाई समृद्ध बनाउन आउने सबै विषयलाई स्वागत गर्ने बताएपछि सांसद अधिकारीले विरोधको सूचना फिर्ता लिएका थियो ।
