
पूर्णपुष्टि, जेठ ७ गते ।
दाङको एक सामुदायिक वनले राहत बाँड्न लगेको चामल खानै नमिलने गरी कुहिएको पाईएपछि गोदाम सिल गरेको छ । गाउँमा बाँडि सकेका चालम पनि फर्ता गरेको हो ।
लमहीको आर.के. सप्लायर्सले बिक्री गरेको पहेँलो बोरामा चन्दन लेखिएको चामल गुणस्तरहीन भेटिएको हो । त्यस सप्लायर्सबाट राजपुर–७ को भयरथान सामुदायिक वनले आफ्ना उपभोत्तालाई राहत वितरण गर्नको लागि १ सय ६४ बोरा चामल लगेकोमा १ सय ३२ बोरा चामल कुहिएको फेला पारेपछि फिर्ता गर्न लमही ल्याइएको सामुदायिक वनले जनाएको छ ।
सेतो बोराको चामल देखाएर पहेलो बेराको चामल पनि मिसाएर दिएको जनाईएको छ । १ हजार १ सय २५ रुपैयाँ प्रतिबोरा मूल्य परेको चामल कालो सडेको र धुलैधुलो पाइएको छ ।
अहिले त्यस सप्लायर्सको चन्दन जातको चामल राखिएको गोदाम सिल गरिएको छ । थप अनुसन्धानपछि कारबाही गर्ने देउखुरी उद्योग बाणिज्य संघले जनाएको छ ।
सप्लायर्स संचालक आनन्द गुप्ता र इन्द्रमणि खनालले चामल आफूहरुले नहेरेका कारण समस्या भएको बताएका छन् ।
अहिले त्यस सप्लायर्समा रहेको ४२ बोरा चामल र फिर्ता आएको १ सय ४२ बोरा गरी एक सय ८४ बोरा चामल सहितको गोदामलाई सिल गरिएको छ ।
