Tuesday, May 12News That Matters

रोटरि क्लबद्वारा स्वास्थ्य सामाग्री प्रदान

मिलन परियार
बैशाख ३० गते 

रोटरी क्लब गंगबु काठमाडौले त्रियुगा नगरपालिका–१५ को स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागी सोमबार स्वास्थ्य सामाग्री प्रदान गरेको हो ।

रोटरी क्लबका अध्यक्ष तथा त्रिनपा–१५ निवासी युवा समाजसेबी महेस बस्नेत र वडाको विशेष पहलमा पि. पि. ई. सेट २ थान, सर्जिकल माक्स एक सय थान र ग्लोब्स एक सय थान स्वास्थ्य सामाग्री स्वास्थ्य चौकी खाबुलाई हस्तान्तरण गरेको छ ।

स्वास्थ्य सामाग्री स्वास्थ्य चौकी खाँबु प्रमुख तनुक लाल चौधरीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको वडा कार्यालयले जनाएको छ ।