Thursday, June 18News That Matters

‘रोयल इन्फिल्ड क्लासिक ३५०’ पाँच लाखमै पाइने

पूर्णपुष्टि,जेष्ठ २७ । नेपाली बजारमा निक्कै रुचाईएको रोयल इन्फिल्डको आधिकारिक वितरक अल्फा अटोमोटिभ प्रालिले द क्लासिक ३५० को नयाँ बजार मूल्य चार लाख ९९ हजार रूपैयाँ तोकेको छ । रोयल इन्फिल्डको बाइक नेपालमै एसेम्बल हुन सुरू भएसँगै मूल्य घटेको हो ।

द क्लासिक ३५० एक रेट्रो शैलीको मोटरसाइकलको डिजाइन दोस्रो विश्वयुद्धपछि विश्वभरका मोटरसाइकल प्रेमीहरूले मन पराएको छ । बेलायती मोटरसाइकलबाट प्रेरित रहेको कम्पनीको भनाइ छ । यस सिग्नेचर स्टाइलका साथै सरल र सुचीपूर्ण डिजाइन भएको बाइकमा जे(सिरिज इन्जिन जडान गरिएको छ ।

३४९ सिसी डिस्प्लेसमेन्ट रहेको क्लासिक ३५० मा सिंगल सिलिन्डर, ४ स्ट्रोक, एयर(कुल्ड इन्जिन दिइएको छ। यसले ६,१०० आरपिएममा १४।८७ किलोवाट पावर र ४,००० आरपिएममा २७ एनएम टर्क जेनेरेट गर्छ। यसको इन्जिन बिएस(६ मापदण्डमा आधारित छ।

यसको अगाडि टायरमा डिस्क र पछाडि ड्रम ब्रेक छ। बाइकमा १,३९० एमएम ह्विलबेस र १७० एमएम ग्राउन्ड क्लेरेन्स छ । बाइकको लम्बाई २,१४५ एमएम, चौढाई ७८५ एमएम र उचाई १,०९० एमएम छ। त्यस्तै सिट उचाई जम्मा ८०५ एमएम छ भने कुल तौल १९५ केजी छ।

बाइकमा पछाडिको सिट निकाल्नरराख्न मिल्ने विशेषता छ। यसमा एनलग(डिजिटल इन्स्ट्रुमेन्ट मिटर र युएसबी चार्जिङ पोर्ट दिइएको छ । नयाँ क्लासिक ३५० मा १३ लिटरको इन्धन क्षमता छ भने प्रतिलिटर ३५ किलोमिटरसम्म रेन्ज दिने बताइएको छ। यसको टप स्पीड ११३ किलोमिटर प्रतिघण्टा रहेको छ।

नेपाली बजारमा क्लासिक ३५० हरियो दुई भिन्न प्रकारको,कालो, ग्रे(दुई भिन्न प्रकारको)र रातो गरी ६ विभिन्न रंग विकल्पमा उपलब्ध हुने बताइएको छ।