Thursday, May 21News That Matters

रौतहटमा २ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा कोरोना संक्रमित ५४ पुग्यो

पूर्णपुष्टि, बैशाख १६ गते । 

रौतहटमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो पटक रौतहटमा थप दुई जनामा कोरोना संक्रमित पुष्टि भएपछि नेपालमा संक्रमितको संख्या ५४ पुगेको हो ।

वृन्दावन नगरपालिका–९ भुसहाका २५ र देवाही गोनाही नगरपालिका–१ निबासी ३५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जनाईएको छ ।

दुबैको काठमाडौंको टेकु राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरेको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो ।

वृन्दावनका २५ वर्षीय पुरुष भारतको कोलकाताबाट फर्केर चन्द्रपुरको क्वारेन्टाइनमा १४ दिन बसेर घर फर्किएका थिए । जनकपुरबाट आएको प्रादेशिक टोलीले गरेकोर्¥यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) मा नतिजा नेगेटभ देखिएपछि उनलाई घर फर्काइएको थियो । कोरोना संक्रमण पुष्टि भएपछि अहिले ती युवकको खोजी सुरु भएको छ ।

देवाहीका ३५ वर्षीय पुरुष अहिले पनि क्वारेन्टाइनमै बसिरहेका छन् ।

गत वैशाख १२ गते काठमाण्डौबाट गएका स्वास्थ्यकर्मी टालीले रौतहटको आठ वटा क्वारेन्टाइनबाट सात महिलासहित ८३ जनाको स्वाब संकलन गरेको थियो । सोही स्वाव परिक्षण गर्ने क्रममा दुई जनाको रिपोर्ट पोजेटिभ आएको हो ।