
पूर्णपुष्टि, असार १७
आज कोरोना भाइरसको संक्रमण नियन्त्रणको लागि सरकारले गरेको लकडाउनको सय दिन पुगेको छ । गत चैत ११ गतेदेखि देशमा गरिएको लकडाउन आज सय दिन पुगेको हो ।
लकडाउन असार १ गतेदेखि केही खुकुलो बनाइएको छ । लकडाउनको यो मोडालिटी साउन ७ गतेसम्म कायम राख्ने सरकारले निर्णय गरिसकेको छ । तर सङ्क्रमण बढेमा प्रदेश र पालिकाले केन्द्रसँगको समन्वयमा निश्चित ठाउँमा लकडाउन कडा या खुकुलो बनाउन सक्छन् ।
पछिल्लो समय देशभर सङ्क्रमण बढ्दै गएको छ भने नागरिकमा डर घट्दै गएको छ । शहरी क्षेत्रमा भिडभाड बढे पनि परीक्षणको दायरा बढ्न सकेको छैन । हिजोसम्म देशभर संक्रमितको संख्या १३ हजार ५ सय ६४ पुगेको भने उपचारपछि ३ हजार एक सय ९४ जना निको भएका छन् भने २९ जनाको मृत्यु भएको छ ।
