
पूर्णपुष्टि,जेठ २६ गते ।
लकडाउन अवधिभर बैंक तथा वित्तीय संस्थाहरुमा १ खर्ब २७ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । क वर्गका वाणिज्य बैंक, ख वर्गका विकास बैंक र ग वर्गका फाइनान्स कम्पनीले लकडाउन शुरु भएदेखि २४ जेठसम्ममा १ खर्ब २७ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
लकडाउन शुरु भएको दिन ११ चैतमा क, ख र ग वर्गका यि संस्थाहरुमा ३५ खर्ब ९४ अर्ब रुपैयाँ निक्षेप थियो । २४ जेठसम्म आइपुग्दा यो बढेर ३७ खर्ब २१ अर्ब रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ ।
२ महिना भन्दा लामो समय भएको लकडाउनमा जम्मा ११ अर्ब रुपैयाँमात्रै ऋण लगानी भएको राष्ट्र बैंकले जनाएको छ ।
११ चैतसम्ममा बैंक तथा वित्तीय संस्थाहरुको ३२ खर्ब १८ अर्ब रुपैयाँ लगानीमा रहेको थियो । त्यो बढेर २४ जेठमा ३२ खर्ब २९ अर्ब रुपैयाँमात्रै पुगेको छ ।
लकडाउनमा आर्थिक क्रियाकलापहरु ठप्प भएका कारण बैंकहरुमा कर्जा लगानी कम भएको हो ।
