Monday, October 12News That Matters

लगातार पहिरो झरेपछि ११ घर परिवार जोखिम

दुर्गा एस.के 
मुर्कुची,भदौ २८

उदयपुरको रौतामाई गाउँपालिका वडा नं.७ पुहारे डहर खड्काबारीमा अविरल वर्षाले पहिरो जाँदा ११ घर परिवार विचनिमा परेका छन् । पहिरोले चारैतिर घेरा हालेपछि खड्काबारी दलित बस्तिका ११ घर अति जोखिमा परेका छन् ।  पानी पर्ना साथ लगातार पहिरो आउने भएकाले खड्काबारी वासिहरु ज्यान जोगाउनका लागि आफ्नो घर छोडेर छिमेकिको सरण लिनु पर्ने भएको पिडितहरुले बताएका छन् ।

बर्षाले लगाएको अन्न बालीमा पनि ठुलो क्षति पु¥याएको छ । बर्षाले पुवारे चौतारीभन्ज्याङ रौता सडक भत्कीए पछि भल पहिरो झरेर करिब एक बिगा खेतियोग्य जमिन पुर्नुका साथै पशुचौपायको खोर समेत भत्केको स्थानीय घमान मगरले बताउनुभएको छ ।

त्याहाका स्थानीयको समस्या बुझदिन स्थानिय बासिहरुले माग गरेका छन् ।