Friday, May 22News That Matters

लडेर आङ्वोको मृत्यु

पाँचथर, जेठ ३२ गते ।

पाँचथरको फिदिम नगरपालिका–१ का ३७ बर्षीय चन्द्रकुमार आङवोको लडेर मृत्यु भएको छ । हिजो साँझ करिब ६ बजेको सडकमा पैदल हिडिरहेका आङवो अचानक लडी घाईते भएको प्रहरीले जनाएको छ ।

घईते आङ्बोलाई उपचारको लागी जिल्ला अस्पताल पाँचथर लगि उपचारको क्रममा राती १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिप्रकाले जनाएको छ ।