
सुनसरी, असार ४ गते ।
सुनसरीको बराहक्षेत्रमा लडेर एक जनाको मृत्यु भएको छ । बराहक्षेत्र नगरपालिका–३ का २३ बर्षीय शुशिल मेहेताको घरबाट लडेर मृत्यु भएको हो ।
बुधवार अपरान्ह साँढे ५ बजे बराहक्षेत्र नगरपालिका–८ चौफालामा फुल कुमारी चौधरिको घरमा टिनको छाना लगाउने क्रममा अचानक छानाबाट लडेर घाईते भएका मेहेताको उपचारको क्रममा बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा साँझ साँढे ६ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईप्रकाले जनाएको छ ।
