Thursday, May 7News That Matters

लद्दाख चियाउँदै भारतीय प्रधानमन्त्री मोदी

पूर्णपुष्टि, असार १९

आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लद्दाख चियाउँन पुगेको छ । मोदीसँगै चीफ अफ डिफेन्स स्टाफ (सीडीएफ) जनरल बिपिन रावत र अन्य वरिष्ठ अधिकारी पनि लेह पुगेको हो ।

भारत–चीन विच सीमा क्षेत्रमा भएको झडपपछिको अवस्थाबारे बुझ्न र समीक्षा गर्न मोदी लेह पुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । गत १५ जुनमा चिनियाँ सेनासँगको सङ्घर्षमा २० जना भारतीय सैनिकको मृत्यु गएको थियो ।

प्रधानमन्त्री मोदी निमु पुगेको र भारतीय सेनाका जवान, एअर फोर्स र आईटीबीपीका सुरक्षाकर्मीसँग कुरा गर्नुभएको जनाईएको छ ।