Saturday, May 23News That Matters

ललितपुर महानगरका मेयर कोरोना मुक्त

पूर्णपुष्टि, असोज २२

ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन कोरोना संक्रमण मुक्त हुनुभएको छ ।
हिजो दिउँसो ४ बजे उनको कोरोना परीक्षण नतिजा नेगेटिभ आएको जनाईएको छ । मेयर महर्जनको कोरोना रिपोर्ट नेगेटिभ आएकाले छिट्टै महानगरपालिका कार्यालयमा उपस्थित हुनुहुने जनाईएको छ ।

यही असोज ८ गते ज्वरो आउने र खोकी लाग्ने समस्या भएसँगै पाटन अस्पतालमा स्वाब परीक्षण गराउँदा शुक्रबार मेमा कोरोना पोजेटिभ देखिएको थियो । असोज ९ देखि १५ गतेसम्म निजी निवासमा रहेका महर्जन १६ गते छातीमा समस्या देखिएसँगै सानेपाको स्टार अस्पताल भर्ना हुनुभएको थियो ।

त्यसैगरी बुधबार दिउँसो नै गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन र सोमबार महालक्ष्मी नगरपालिकाका मयेर रामेश्वर श्रेष्ठ कोरोना संक्रमणमुक्त हुनु भएको थियो ।