
पूर्णपुष्टि,असार १२ । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेको प्रकरणमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरोले मंगलबार बिहान उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङसँगै ६ जनालाई पक्राउ गरिएको सिआइबी स्रोतले जानकारी दिएको छ । मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, कर्मचारी धर्मप्रसाद गौतम, सुरेन्द्रमान कपाली, गोपाल कार्की र भूपेन्द्रमणि केसीलाई पक्राउ गरिएको हो ।
यस प्रकरणमा सिआइबीले अनुसन्धान गरिरहेकै थियो। थप प्रमाण संकलन गरी उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
