Tuesday, June 9News That Matters

लहान बम विस्फोटमा संलग्न आरोपमा मुखिया पक्राउ

पूर्णपुष्टि, चैत २९

सिरहाको लहानस्थित मालपोत कार्यालयमा गत चैत १ गते भएको बम विस्फोटमा संलग्न आरोपमा प्रहरीले थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ । लक्ष्मीपुर पतारी गाउँपालिका–३ लवका टोलका २० वर्षीय गुड्डु भनिने रामजतन मुखियालाई प्रहरीले पक्राउ गरेको हो ।

मुखियालाई इलाका प्रहरी कार्यालय लहानबाट खटिएको टोलीले लहान नगरपालिका–१ बाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता शालिग्राम शर्माले जानकारी दिनुभयो ।

पक्राउ परेका मुखियामाथि थप अनुसन्धान भइरहेको उनले सिरहा प्रहरीले जनाएको छ ।

८ जना घाइते हुनेगरी भएको उक्त विस्फोटमा संलग्न रहेको आरोपमा प्रहरीले यसअघि दुई जनालाई हतियारसहित पक्राउ गरेको थियो । चैत १६ मा सिरहाको सुखीपुर नगरपालिका–५ का २५ वर्षीय रामरिझन यादव र लक्ष्मीपुर पतारी गाउँपालिका–३ का २६ वर्षीय अभिमन्यु गिरीलाई सुखीपुर–५ बाट एक थान पेस्तोल र दुई राउन्ड गोलीसहित प्रहरीले पक्राउ गरेको थियो ।