
भदौ ३ गते ।
विरगन्जमा सवारी चालक अनुमतिपत्र (लाईसेन्स) बनाई दिने प्रलोभनमा पैसा लिने ४ जना पक्राउ परेका छन् । सेवाग्राहीसँग रकम लिएको आरोपमा वीरगञ्ज यातायात व्यवस्था कार्यालय परिसरबाट मंगलबार पक्राउ परेको हो ।
हेटौंडा उपमहानगरपालिका – ५ पिप्ले निबासी ४१ बर्षीय समर्थन न्यौपाने, बिन्दवासिनी गाउँपालिका– ३ ईटियाही निबासी २८ बर्षीय राजकुमार साह, ४ मधुवन निबासी २८ बर्षीय अमलेशप्रसाद साह र प्रसौनी गाउँपालिका – ३ नौतन निबासी ३१ बर्षीय सतरोवन प्रसाद साह पक्राउ परेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरुको साथबाट नगद ८२ हजार रुपैयाँ बरामद गरेको प्रहरीले जनाएको छ । लाइसेन्स बनाई दिन्छु भन्दै सेवाग्राहीसँग पैसा लिने गरेको गुनासोको आधारमा प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरु माथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
