
पूर्णपुष्टि, बैशाख १६
सुनसरीको धरान उप–महानगरपालिका–८ तिनकुनेबाट नियन्त्रीत लागुऔषध ट्याब्लेट सहित १ जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय धरानबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले धरान–९ का ३५ बर्षीय मुन्ना खान भनिने अलि मुजुजा अहमदलाई DIALEX–DC 100 ml १५ बोतल र SPASMO PROXYVON एगिक ७२० क्याप्सुल लागुऔषध सहित पक्राउ गरेको हो । पक्राउ परेका अहमदको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
