
मोरङ, माघ २१ गते ।
मोरङको बिराटनगर महानगरपालिका–१५ हुलास चोकबाट लागुऔषध सहित १ जना पक्राउ परेको छ । सोमवार दिउँसो ईलाका प्रहरी कार्यालय रानीबाट खटिएका प्रहरी टोलीले भारतको टिलुलिया निबासी २१ बर्षीय जय दत्तलाई पक्राउ गरेको हो ।
शंकास्पद अवस्थामा हिडी रहेका दत्तलाई चेकजाँच गर्ने क्रममा उनको साथबाट लुपिजेसिक १९ एम्पुल, एभिल १५ एम्पुल, डाइजोल्याब १५ एम्पुल बरामद गरेको प्रहरीले जनाएको छ । दत्तले कम्मर आसपास टेपले लुकाई छिपाई बोकेको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।
