Wednesday, July 1News That Matters

लागुऔषध सहित २ जना पक्राउ

सुनसरी, असोज २०

सुनसरीको इनरुवा–७ को वर्छवा चोकबाट दुई जना लागुऔषध सहित पक्राउ परेका छन् । हरिनगर–७ कविलासा घुस्की बस्ने १९ बर्षीय उपेन्द्र सरदार र १९ बर्षीय हरिशंकर सरदार पक्राउ परेका हुन् ।
विशेष सुराकका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई आज दिउसो साढे १२ बजे नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

ज ८ प ५९३६ नम्बरको मोटरसाईकलमा आएका दुबै जनालाई चेकजाँच गर्दा उनिहरुले प्लाष्टिकको बोरामा लुकाई छिपाई राखेको अवस्थामा डाईलेक्स डिसी ८९ बोतल, स्पास्मोल प्रोक्सिभोन ६८ क्याप्सुल र निट्राभेट ४ सय २० ट्याब्लेट लागुऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

लागुऔषध सहित प्रकाउ परेकामाथी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।