
सुनसरी, भदौ १४
सुनसरीमा लागुऔषसहित एक जना पक्राउ परेको छ । भान्टाबारीबाट स्थानीय २२ वर्षीय सुसिल शर्मालाई लागुऔषसहित पक्राउ परेको हो ।

लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले शर्मालाई नाईट्रोसन एक सय वटा ट्याब्लेट, एस.पी. पाँच सय ५२ ट्याब्लेट र कोरेक्स १०० एमएलको ३३ बोतल लागुऔषध सहित शनिवार दिउँसो ४ बजे पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकालाई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
