Sunday, June 28News That Matters

लागुऔषधसहित १ जना पक्राउ

मोरङ, चैत्र १९

मोरङको बिराटनगरबाट लागुऔषधसहित एक जना पक्राउ परेको छ । विराटनगर १६ हुलासचौकबाट लागुऔषधसहित सुनसरी बराहक्षेत्र–५ कालाबंजर बस्ने २३ बर्षीय फडिन्द्र श्रेष्ठ पक्राउ परेको हो ।

लागूऔषध ब्यूरो विराटनगरबाट खटिएको टोलीले श्रेष्ठकोलाई आज दिउसो साढे १२ बजे  लागुऔषध एभिल ११ एम्पुल, लुपिजेसिक ८ एम्पुल, डाइजाल्याप ९ एम्पुल र फेनारगन ४ एम्पुल सहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

लागुऔषधसहित पक्राउ परेका श्रेष्ठमाथी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।