
झापा, माघ २६ गते ।
झापाको मेचीनगरबाट लागुऔषधसहित एक जना पक्राउ परेको छ । मेचीनगर नगरपालिका–६ भन्सार गेटबाट शनिबार दिउँसो करिब १२ बजे मुस्कान फुयाल पक्राउ परेको हो ।
लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटेका प्रहरी टोलीले दमक नगरपालिका–२ निबासी २१ बर्षिय फुयललाई डाईजोपाम ६० एम्पुल, लुपिजेसिक ६० एम्पुल र फेनारगन ६० एम्पुल सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका फुयाल माथी थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय काकडभिट्टाले जनाएको छ ।
