
सुनसरी, असार ८
सुनसरीको बराहक्षेत्र–८ शेरे चौकबाट लागुऔषधसहित २ जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले लागुऔषध सहित २ जनालाई पक्राउ गरेका हुन् ।
पक्राउ पर्नेमा बराहक्षेत्र–७ पिपलगाछीका २१ बर्षीय अनिल धामी र धरान–१७ का २२ बर्षीय विशाल भुजेल रहेको प्रहरीले जनाएको छ ।
मोटरसाईकलमा आएका उनीहरुलाई चेकजाँच गर्दा डाईजोल्याव ११, एम्पुल, एभिल ११ एम्पुल र लुपिजेसिक ११ एम्पुल लागुऔषध फेला पारी बरामद गरिएको प्रहरीले जनाएको छ ।
लागुऔषमा प्रयोग भएको मोटरसाईकल पनि नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । पक्राउपरेकाहरु माथी थप थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
