
झापा, असोज २५
झापाबाट लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । मेचीनगर नगरपालिका–७ मेचीखोला बगरबाट लागुऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ परेका हुन् ।
स्थानीय १८ बर्षीय राज सुबेदी शर्मा र मेचीनगर–८ का २० बर्षीय सौगात राई पक्राउ परेको प्रहरीले जनाएको छ । विशेष सुराकका आधारमा लागुऔषध व्युरो काकड्भिट्टाबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई आज विहान सवाँ ६ बजे पक्राउ गरेको हो ।
उनिहरुको साथबाट ४ ग्राम ब्राउनसुगर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पक्राउ परेका दुबै जनामाथी ईलाका प्रहरी कार्यालय काकड्भिट्टाबाट कानुनी कारबाही अगाडी बढाईएको प्रहरीले जनाएको छ ।

