
मोरङ, फागुन २३
मोरङको बिराटनगरबाट लागुऔषधसहित तीन जना पक्राउ परेका छन् । विराटनगर महानगरपालिका–५ बाट लागुऔषध गाँजा सहित ३ जना पक्राउ परेका हुन् ।
सुनसरीको धरान उप–महानगरपालिका–११ का २५ बर्षीय दिपक राई, २७ बर्षीय राज राई र सुनसरीको बर्जु गाँउपालिका–१ का ३४ बर्षीय चौथानन्द राय पक्राउ परेको प्रहरीले जनाएको छ ।
को १ ह ६७४८ नम्बरको टेम्पोमा सवार रहेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मोरंङबाट खटिएको प्रहरी टोलीले शनिवार दिउँसो साँढे ३ बजे टेम्पोको पछाडी पट्टी सिटमुनी लुकाई छिपाई राखेको अवस्थामा २ केजी गाँजा सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
लागुऔषधसहित पक्राउ परेका उनीहरुमाथी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
