Wednesday, May 20News That Matters

लागुऔषसहित १ जना पक्राउ

सुनसरी, फागुन–२०

सुनसरी धरानबाट लागुऔषसति एक जना पक्राउ परेको छ । धरान – १३ भृकुटी पथ बस्ने ३३ बर्षीय चेतबहादुर मगर लागुऔषध सहित पक्राउ गरिएको हो ।

बुधबार दिउँसो ४ बजे १ नम्बर प्रदेश प्रहरी कार्यालय अनुसन्धान समुह र ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले मगरको आफ्नै घर कोठामा लुकाई छिपाई राखेको अवस्थामा डाईजोल्याव १० ऐम्पुल, फेनेरागन २३ ऐम्पुल, एभिल १३ ऐम्पुल र लुपिजेन्सिक ११  ऐम्पुल सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

लागुऔषध सहित पक्राउ परेको मगर माथी थप अनुसन्धान भईरहेको  प्रहरीले जनाएको छ ।