
पूणर्पुष्टि, जेष्ठ, १८
श्रीलंकामा एक क्रिेकेट खेलाडी निलम्बित भएका छन् । श्रीलंकन फास्ट बलर शेन मदुसनका निलम्बत भएको छ । हिरोइन सहित फक्राउ परेपछि उनलाइ श्रीलंका क्रिकेटरले निलम्वित गरेको हो ।
उनलाई सबै खाले क्रिकेटमा निलम्वित गरिएको श्रीलंका क्रिकेटले जनाएको छ । सन् २०१८ मा श्रीलंकाका लागि डेब्यु गरेका मदुसनकाले ओडीआई डेब्यु खेलमै बंगलादेशविरुद्ध ह्याट्रिक विकेट लिएका थिए । त्यही टुरमा उनले दुई टी२० अन्तर्रा्ष्ट्रिय पनि खेलेका थिए । प्रहरीका अनुसार २५ वर्षीय मदुसनकालाई शनिवार २.७ ग्राम हेरोइनसहित प्रकाउ गरिएको थियो । उनी प्रहरी हिरासतमा छन् ।
