Sunday, June 21News That Matters

लागूऔषध ब्राउन सुगर सहित १ जना पक्राउ

पूर्णपुष्टि, असार ११

झापा मेचीनगर नगरपालिका ५ पिपल चोक बाट एक जनालाई ब्राउन सुगर सहित पक्राउ गरेको छ । लागू औषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले लागूऔषध ब्राउन सुगर सहित १ जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा सोही स्थानका २९ बर्षीय राम बहादुर निरौला रहेका छन् ।

हिजो दिउसो साढे २ निरौलालाई लागूऔषध ब्राउन सुगर ३९ ग्राम र तौल गर्ने डिजिटल तराजु थान( १ सहित पक्राउ गरिएको हो । पक्राउ परेका उनलाई ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट थप अनुसन्धान भईरहेको छ ।