Monday, June 22News That Matters

लागूऔषध सहित ३ जना पक्राउ

पूर्णपुष्टि, बैशाख १६ 

बुधवार बेलुका मोरङ प्रहरीले बिभिन्न स्थानबाट लागूऔषध सहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उर्लाबारी ७ का २२ बर्षीय दिपक धिमाल, सोही स्थानका २२ बर्षीय प्रकाश थापा र केराबारी १० का ३१ बर्षीय प्रेम बहादुर राई रहेका छन् ।

धिमाल र थापालाई प्रहरी चौकी झुर्किया र ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले रतुवामाई ६ आमबारी चो कबाट NITRAVET-10 ५४ क्याप्सुल, Tramadol – ९८ क्याप्सुल, SPASPAIN१४ क्याप्सुल र  ब्राउन सुगर २९० मिलीग्राम सहित पक्राउ  गरेको छ भने ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले बिराटनगर १६ दरैया स्थितमा राईलाई लागूऔषध एभिल १० एम्पुल र डाईजाल्याब ९ एम्पुल सहित पक्राउ गरेको छ । पक्राउ परेका उपर थप अनुसन्धान भईरहेको प्रदेश प्रहरीले जनाएको छ ।