Tuesday, June 9News That Matters

लिच्चिको दाना अड्किएर बच्चाको मृत्यु

पूर्णपुष्टि, जेष्ठ २०

लिच्चीको दाना घाँटीमा अड्किएर कन्ञ्चनपुरमा एक बालकको ज्यान गएको छ । बुधबार अपराह्न साढे ४ बजेतिर ६ महिने बालकको घाँटीमा लिचीको दाना अड्किएपछि उपचारका लागि महाकाली अस्पताल पु¥याए पनि डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) अमरबहादुर थापाले जानकारी दिनुभयो ।

भीमदत्त नगरपालिका–५ सुकासालका भुपेन चन्दका ६ महिनाका छोरा वीरेन्द्रको घाँटीमा लिचीको दाना अड्किएर मृत्यु भएको प्रहरीले जनाएको छ ।