Monday, April 20News That Matters

लिम्बुको उपचारको क्रममा मृत्यु

मोरङ/भदौ ६ गते ।

मोरङको बेलबारीमा अचेत अवस्थामा फेला परेको दिपेश लिम्बुको उपचारको क्रममा मृत्यु भएको छ । बेलबारी नगरपालिका – २ लालभित्ति निबासी ३१ वर्षीय लिम्बु अचेत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

विहान साढे १० बजे अचेत अवस्थामा फेला परेको लिम्बुको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा पौने १२ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।