
पूर्णपुष्टि, कात्तिक १
जुनसुकै स्थानबाट सोलुखुम्बुको लुक्ला जाने हवाई यात्रुहरुले कोरोना परिक्षण नेगेटिभको रिपोर्ट अनिवार्य गरेको छ ।
यसअघि काठमाडौंबाट लुक्ला आउने यात्रुहरुका लागि मात्रै पीसीआर रिपोर्ट नेगेटिभ हुनुपर्ने नियम थियो ।
सबै एयरलाइन्स र हेलिकप्टर कम्पनीहरुलाई ७२ घण्टाभित्र परीक्षण गरिएको पीसीआर नेगेटिभ रिपोर्ट सुनिश्चित गरेर मात्रै लुक्ला आउन पाईने भएको छ ।
लुक्लामा तारा, समिट, सीता, श्री एयरलाइन्स र हेलिकप्टरले सेवा दिँदै आएका छन् । लुक्लामा काठमाडौंका साथै, फाप्लु र मन्थलीबाट हवाई उडान हुँदै आएको छ ।

