
उदयपुर, फागुन, १६
त्रियुगा नगरपालिका वडा नं १३ वडा कार्यलयमा बालअधिकार बिषेश २ दिने क्षमता विकास तालिम शुक्रबार देखी सुरु भएको छ । त्रियुगा नगरपालिका वडा नं १३ को आयोजनामा कार्यक्रम सुरु भएको हो । वडा नं १३ अन्तर्गत वडा स्थरीय बाल समूह र सञ्जालका १ सय २५ जना पदाधीकारीहरुलाई सहभागी गराई तालिम दिइएको आयोजकले बताए ।
विद्यालय, वडा, र समूहका पदाधीकारीहरुले तालिममा उत्साहजनक सहभागीता जानाएको छ । देशैभर वालमैत्री वडा घोषणाको कार्यक्रम चलिरहँदा १३ नं वडामा पनि यस कार्यक्रम अघि सारिएको १३ वडाकाकी वडाअध्यक्ष पशुपति चौधरीले बताउनुभयो ।
उहाँले हाम्रै उदयपुर जिल्लामा सामाजिक बिकृतिको रुपमा देखा परेको लागुऔषाध र बालविबाहको न्युनिकरण साथै बाल अधिकारको बारेमा बुझाउन बिषेश कार्यक्रमको आयोजना गरेको बताउनुभयो । कार्यक्रम शनिवार समापन गरिने छ ।
