Monday, June 22News That Matters

वडा नं १६ ले स्वास्थ्य सामाग्री वितरण गर्यो

पूणर्पुष्टि, बैशाख २८

त्रियुगा नगरपालिका वडा न. १६ ले मजदुर, सुरक्षाकर्मी, कर्मचारी र स्थानीय नागरिकहरुलाई स्वास्थ्य सामाग्री वितरण गरेको छ ।

मंगलबार वडा अध्यक्ष मान वहादुर राई सहितको जनप्रतिनिधिहरुले बिभिन्न क्षेत्रमा काम गर्ने मजदुर तथा स्थानीय नागरिकहरु लगायत सुरक्षाकर्मी र कर्मचारीहरुलाई स्वास्थ्य सामागी्र वितरण गरेको हो ।

कोरोना संक्रमणका बिच पनि दैनिक रुपमा अवश्यक कामकार्वाही र निर्माण व्यवसायीको काममा खटिरेहका मजदुर, स्थानीय नागरिक र अग्रपंक्तिमा खटिएका सुरक्षाकमर्मी र कर्मचारीहरुलाई प्राथामिकतामा राखी स्वास्थ्य सामाग्री वितरण गरेको वडअध्यक्ष मानवहादुर राईले बताउनुभयो ।  स्वास्थ्य समाग्री वडा स्तरीय समितिको आयोजनामा वितरण गरिएको हो ।