
जयराम पूर्वछाने मगर
बेलाका/माघ १४ गते ।
उदयपुरको बेलका नगरपालिकामा संचालन भएको तेस्रो मेयरकपसँगै तीन लाख हात पारेको छ । तेस्रो मेयरकप फुटबल प्रतियोगीताको मंगलबार भएको फाईनल खेलमा वडा नम्बर ४ लाई ०–३ गोललेपछि पार्दै जित हात पारेको हो ।
प्रथम मेयरकप प्रतियोतामा बेनपाका मेयर दुर्गाकुमार थापाले एउटै टिमले तेस्रो मेयर कपसम्म जिते तीन लाख रुपैयाँ दिने घोषणा गरेको थियो । यस जितसँगै वडा नम्बर ३ ले तीनलाख नगद हात पार्न सफल भएको हो ।
“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकु”मुल नाराको साथ बेलाका नगरपालिकाको सहययोमा नगर युवा तथा खेलकुद विकास समितिको आयोजना र सुनाखरी क्लवको सहआयोजनामा प्रतियोगीता भएको थियो ।
प्रतियोगीतामा नगरको ९ वटै वडाबाट १० टिमले सहभागिता जनाएको थियो । गत माघ ७ गतेबाट संचालन भएको आयोजकले जनाएको छ । वडा नम्बर ३ का जर्सि नम्बर १८ का कृष्ण शाहले पहिलो हापको ७ औँ मिनट गोल गरेको थियो । त्यस्तै ५५ औँ मिनटमा जर्सि नम्बर १५ का अजय राईले गोल थपेको थियो भने खेलको अन्त्यमा कृष्ण शाहले निर्णायक गोल गरेको आयोजकले जनाएको छ ।
विजयी वडा नम्बर ३ लाई नगद ३५ हजार, र उपविजेता वडा नम्बर ४ लाई नगद २५ हजार रुपैयाँ, शिल्ड, मेडल र प्रमाण पत्रका साथ सम्मान गरीएको आयोजक नगर युवा तथा खेलकुद विकास समितिका अध्यक्ष सिता राईले बताईन् ।
प्रतियोगीताका बेष्ट डिफेन्डरमा वडा नम्बर ४ का यकेन्द राना, हाइ स्कोरमा सागर पाण्डे, बेस्ट प्लेयरमा वडा नम्बर ३ का बिकि मगर र बेस्ट किपरमा रामुमार मगर घोषणा भएको अध्यक्ष राईले बताईन् । उनीहरुलाई पनि सम्मान गरेको उनले बताईन् । उक्त मेयर कपका खेलाडीहरु बिकि मगर, अभिष मगर, स्याम मगर र रामकुमार मगर एकै घरका रहेको अध्यक्ष राईले बताईन् ।
खेलकुदले आर्थीक स्तर उक्सनका साथै स्वास्थ्य जिवनयापन गर्न सकिने बेलका नगरपालिकाका मेयर पाथाले बताए । प्रथम मेयरकप प्रतियोगीताको सुरुमै तेस्रो मेयरकपसम्म लगातार कुनै टिमले जितेको खण्डमा नगरपालिकाले नगद तीन लाख रुपैयाँ दिने कुरा खेलाडीलाई प्रोत्साहन स्वरुप दिईने उनले बताए ।
खेल क्षेत्रका विकासले व्यक्तिको आर्थीक स्तरसमेत उक्सन्छ । सागमा बेलका नगरपालिकामा जन्मियएका संगीता मगर र दिपा राई जस्ता खेलाडी खेल क्षेत्रको एउटा उदाहरणीय खेलाडी भएको उनले बताए ।
