
उदयपुर, कात्तिक ८ गते ।
उदयपुरको त्रियुगा नगरपालिकाको एक वडा सदस्यको निधन भएकाले शोक मनाउन सार्वजनिक विदा दिएको छ । त्रियुगा नगरपालिकाले वडा न. ३ का वडा दलित महिला सदस्यको निधन भएकाले शोक मनाउन शुक्रबार नगरले सार्वजनिक विदा दिएको हो ।
त्रिनपा–३ को दलित महिला वडा सदस्य मिना विश्वकर्माको असामयिक निधन भएकाले गत कात्तिक ७ गते बसेको नगर कार्यपालिका कार्यसमितिको बैठकले एक दिन विदा दिने निर्णय गरेको थियो ।
नगरपालिकाको कार्यालय, माताहातको वडा कार्यालयहरु र नगर क्षेत्र भित्रका शिक्षण संस्थाहरु बन्द रहने गरि बैठकले निर्णय गरेको पालिकाले जनाएको छ ।
