
पूर्णपुष्टि, जेठ ८ ।
उदयपुरकाे त्रियुगा नगरपालिका वडा नं. १६ को वडाध्यक्ष मानबहादुर राईको बुवासहित तीनजना वडाका कोरोना संक्रमित जिल्ला अस्पतालको आइसोलेशन आज लगिएको छ ।
होमआइसोलेशनमा बसिरहनु भएका उहाँहरुलाई थप उपचारका लागि अस्पतालको आइसोलेशनमा लगिएको वडाध्यक्ष राईले बताउनुभयो । वडाका अन्य २९ जना संक्रमितहरु होमआइसाृलृशनमा रहेका छन् ।
होमआइसोलेशनमा रहेकाहरुलाई वडाले स्वास्थ्य परामर्श सेवासहित आवश्यक स्वास्थ्य सामग्री तथा औषधी घरघरमै पुर्याएको जनाएको छ ।
