Wednesday, August 5News That Matters

वनमन्त्री तथा प्रदेश सभा सदस्य उम्मेदवार थापाको निधनले उदयपुरमा गठबन्धनको चुनावी कार्यक्रम स्थगित

पूर्णपुष्टि, कार्तिक २३
उदयपुरमा गठबन्धनले चुनावी कार्यक्रम स्थगित गरेको छ । नेपाली कांग्रेसका नेता तथा प्रदेश नं १ का वनमन्त्री र प्रदेश सभा सदस्यको उम्मेदवार समेत रहेका शेखर चन्द्र थापाको मृत्यु भएपछि चुनावी कार्यक्रम स्थगित भएको हो ।

थापा मोरङको क्षेत्र नं ३ (१) बाट प्रदेश सभा सदस्यका लागि उम्मेदावरी थिए । उदयपुरको क्षेत्र नं १ (क) बाट उम्मेदवार तथा भौतिक पूर्वधार मन्त्री समेत रहेका हिमाल कार्की प्रतिनिधि सभा क्षेत्र नं १ का डा. नारायण खड्का सहितका उम्मेदवारहरुले आज बाँसवारी, बावरी र बोक्सेमा चुनावी घरदैलो कार्यक्रम राखेका थिए । मन्त्री कार्की तत्कालै घटना स्थल तर्फ लाग्नु पर्ने भएसी घरदैलो कार्यक्रम रोकिएको चुनाव प्रचार प्रसार समितिका संयोजक नविन राईले जनाए ।