Friday, May 22News That Matters

वरिष्ठ कलाकार चित्रकारको निधन

पूर्णपुष्टि, भदौ १

वरिष्ठ परम्परागत कलाकार प्रेममान चित्रकारको निधन भएको छ । चित्रकारको ७८ वर्षको उमेरमा कलंकीमा रहेको नेशनल हस्पिटलमा उपचारका क्रममा निधन भएको हो ।

पुर्ख्यौली रुपमा पौभाकला विधाका सिद्धहस्त कलाकारका रुपमा परिचित चित्रकार लामो समयदेखि श्वासप्रश्वास सम्बन्धी रोगबाट ग्रसित थियो ।

नेपाल परम्परागत कलाकार संघका आजीवन अध्यक्ष उनी इन्द्रराज्य लक्ष्मी पुरस्कार, अरनिको सम्मान पुरस्कारलगायतबाट पनि पुरस्कृत भएको थियो ।

चित्रकारको श्रीमती, एक छोरा र तीन छोरी छन् ।